एसीसी प्रिमियरमा युएईलाई हराउँदै नेपाल एसिया कपमा प्रवेश

Categories:

-

काठमाडौं,१९ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत आज भएको फाइनल खेलमा युएईलाई नेपाल एसिया कपमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल युएईलाई ७ विकेटले हराउँदै उपाधिका साथ एसिया कपमा प्रवेश गरेको हो ।

यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन् । नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासे ।

नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे । उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ चौका प्रहार गरे । अलराउन्डर झालाई आजको खेलमा तेस्रो नम्बरमै ब्याटिङका लागि पठाइएको थियो । नियमित क्रमका भीम सार्कीलाई तेस्रो र चौथो नम्बरमा झारिएको थियो ।

सार्कीले ७२ बलमा ३६ रनको योगदान गरे । त्यसअघि नेपालले तीन विकेट लगातार गुमाएको थियो। नेपालले जम्मा एक रन बनाउँदा ओपनर कुशल भुर्तेल रोहन मुस्तफाबाट एलबीडब्लू आउट भएका थिए भने ६ ओभरमा जम्मा १९ रन बनाउँदा आसिफ शेख आयान खानबाट एलबीडब्लू धरापमा परे ।

युएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । उनले ७ दशमलव एक ओभर बलिङ गर्दै जम्मा १४ रन दिएर चार विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले एकरएक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य