नुवाकोट जिल्लाभरि ६ हजार ३ तिन सय ३२ जनालाई दिवा खाजा

Categories:

-

नुवाकोट,११ बैशाख । राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना कार्डसन नुवाकोटले आज स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम ढाँचा सम्बन्धि १ दिने वडा स्तरीय अभिभुखिकरण कार्यक्रम वडा नम्बर ५ काे वडा कार्यलयमा सम्पन्न भएकाे छ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्राेत विकास केन्द्र (CEHRD) निकट समन्वय तथा परामर्श जापान सरकारकाे आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम (WFP) काे नेतृत्व तथा साझेदार संस्था शान्ति भाेलेन्टियर एशोसियसन नेपाल (SVA) र स्थानिय जिल्ला तहको साझेदार संस्था कार्डसन नेपाल द्वारा परियोजनाकाे कार्यन्वयन भईरहेकाे छ।

नुवाकोटको १२ वटै स्थानीय तहमा सञ्चालित यस परियोजनाकाे अवधि ३ वर्षे रहेको कार्डसन नेपाल नुवाकोटका अध्यक्ष पदम उप्रेतीले जानकारी दिए ।उप्रेतीका अनुसार नुवाकोट जिल्लाभरिका १२ वटै पालिकाहरूमा रहेका सामुदायिक ४ सय ३४ वटा विद्हयालयरुमा राष्ट्रिय दिवा खाजा सञ्चालन भईरहेकाे बताए ।

साेहि अनुरुप विदुर नगरपालिका भित्र ६० वटा विद्यालयमा अध्यनरत  विद्यार्थी ६ हजार ३ तिन सय ३२ जनाले दिवा खाजा खाइरहेका छन्। उप्रेतीका अनुसार स्थानियत स्तरमा उपलब्ध ,पाेषणयुक्त र स्वस्थकर दिवा खाजा खुवाउनका लागि होम ग्रोन स्कूल फिडिङ अप्रोच (HGSFA) अपनाउँदै विद्दालय दिवा खाजा कार्यक्रम लाई सफलतापूर्वक र मर्यादित तरिकाले कार्यन्वयन गर्न स्थानीय सरकारकाे क्षमता अभिवृर्दी गर्ने उदेश्य यश कार्यक्रमकाे रहेकाे छ। विधालय दिवा खाजा कार्यक्रम नुवाकोटको ८८ वटै वडाका सामुदायिक विद्दालयका आ.वि र माविमा बालविकास कक्षा देखि ६ कक्षासम्म अध्यनरत प्रतिदिन विद्यार्थीहरू लाई रु १५ काे दरले वार्षिक १ सय ८० दिन खाजा खुवाउने कार्यक्रम रहेकाे उनले बताए ।

कार्यक्रममा विदुर-५ का वडा अध्यक्ष लिलानाथ न्याैपाने, वडा सदस्य बिनोद चित्रकार,हाेम बहादुर कुमाल,वडा सचिव ममता तिमल्सिना,माओवादी पार्टीका वडाका अध्यक्ष रामहरि घिमिरे,नेकपा एकीकृत समाजवादी पार्टी नुवाकोटका सह-सचिव उद्धव पनेरु, अक्कलादेवि कृषि सहकारीका अध्यक्ष राजकुमार अर्जेल पुत्ला लगायतले दिवा खाजा कार्यक्रम लाई निरन्तरता दिनुपर्ने र वडा नगरबाट सहयोग गरि कार्यक्रमलाई सफलता पूर्वक लैजानुपर्ने धारणा राखेका थिए।

दिवा खाजा कार्यक्रममा वडाकाे च्वाडी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खानाल,प्र.अ टिकाराम खरेल,चन्द्रजाेति माविका प्र.अ बासुदेव पनेरु,विधालय व्यवस्थापन समितिका सदस्य ढलक प्रसाद गजुरेल,संस्कृति माविका प्र.अ मन्जु चित्रकार, विधालय व्यवस्थापन समितिका सदस्य, रक्तकालि आ.विका प्र.अ गाेमादेवि न्याैपाने, नु.उ.वा संघका सदस्य सुजना खतिवडा, नेकपा एकीकृत समाजवादी पार्टीका अनेमा संघ जिल्ला सदस्य सकुन्तला श्रेष्ठ,पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष जमुना गजुरेल,वडाका स्थानिय लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य