सुर्खेत,७ बैशाख । जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ भने तीनजना भेरी नदीमा बेपत्ता भएका छन् । यसैगरी, घटनामा ८ जना घाइते भएका छन् ।
बेलिब्रिज भेरी करिडोरअन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटबीचमा पर्दछ ।
घटनामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आए पनि सो यकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


