सञ्चारमाध्यमहरू भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा

Categories:

-

काठमाडौँ,२० चैत  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् ।

आज (सोमबार) रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन् । उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको बताउँदै ती सञ्चारमाध्यम केवल सरकारका भजनमण्डली हुन नहुने धारणा राखिन् ।

त्यही भएर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको उनले बताइन् । प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने मन्त्री शर्माको विश्वास छ ।

‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पु¥याउन खेज्दैछौँ,’ मन्त्री शर्माले भनिन्, ‘हामीले भनेका छाँै, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’

उनले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको पनि बताइन् । भनिन्, ‘हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन र थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछाँै । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य