किरण पुस्तकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार–२०८०” हरिप्रसाद भण्डारी प्रदान गर्ने

Categories:

-

गुल्मी, चैत १७ । किरण पुस्तकालय तम्घास गुल्मीले जानकी साहित्य पुरस्कार–२०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरिने भएको छ । किरण पुस्तकालयका उपाध्यक्ष दीन पन्थीले यस पुस्तकालयबाट प्रत्येक वर्ष प्रदान गरिंदै आएको जानकी साहित्य पुरस्कार आगामी वर्ष आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको बताए  ।

धुर्कोट गाउँपालिका वस्तुमा २०१६ जेठ ५ गते जन्मनुभएका भण्डारीलाई सो पुरस्कार आगामी मोती जयन्तीका दिन प्रदान गरिनेछ ।

जानकी साहित्य पुरस्कार साहित्यमा रुचि राख्ने स्वर्गिय जानकी ज्ञवाली गौतमको सम्झनामा उनको परिवार र पुस्तकालयको सम्झौताअनुसार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरुलाई प्रदान गरिंदै आएको छ ।

वि.सं. २०७३ सालमा स्थापना भएको सो पुरस्कार यसभन्दा अगाडि सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागीरथी श्रेष्ठले २०७६ सालमा, रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा र रुद्र ज्ञवालीले २०७९ सालमा प्राप्त गरिसकेका छन  ।

भण्डारीका चिराग (लघुकथा संग्रह)–२०४७, अस्वीकृत कथाहरू (कथा संग्रह)– २०५८, अविरल यात्रा (लघुकथा संग्रह)–२०६३, चरीका रमाइला कथा (बालकथा संग्रह)–२०६७, काला सर्पको खोजी (लघुकथा संग्रह)– २०६७, कुनमिनको सेरोफेरो (नियात्रा)– २०६९ मनको आँखा (बालकथा संग्रह)–२०६९, गोनू झा र चोरहरु (बालचित्र कथा)–२०७०, प्रकाशित छन् । त्यस्तै, धनञ्जय गोत्रीय भणडारीहरूको वंशावली–२०७०, सुनको झ्याल (बाल उपन्यास)–२०७४ का साथै विभिन्न पत्रपत्रिकामा कथाहरू प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य