लायन्सको सहयोगमा ह्विलचियर

Categories:

-

हेटौँडा, ९ चैत । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको संयोजनमा हेटौँडा–८ कमाने, मनकामना चोककी ६५ वर्षीया गंगामाया बस्नेतलाई ह्विलचियर वितरण गरिएको छ ।

विनोद पौडेलले सौजन्य गर्नु भएको ह्विलचियर प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले बस्नेतलाई प्रदान गरेकी हुन् । क्लबका संस्थापक अध्यक्ष प्रविन मैनाली, सदस्यहरु प्रवेशराज बरुवाल, प्रबिन निरौला, सपना ढकाल कँडेल, अमन यतन गिरी, गंगाप्रसाद पौडेलको टोली बस्नेतको घरै पुगेर ह्विलचियर दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य