प्राविधिक समस्या देखिएपछी बुद्धको विमान बाटैबाट काठमाडौं फर्काइयो

Categories:

-

काठमाडौँ , ३  चैत । पछिल्ला दिनमा नेपालका वायुसेवा कम्पनीहरूले उडानका क्रममा प्राविधिक समस्या डरलाग्दो रूपमा बढ्दै गएकाले यात्रुको सुरक्षामा चिन्ता बढेको छ । पछिल्लो घटनामा काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान प्राविधिक समस्याका कारण काठमाडौँ  विमानस्थलमा फर्किनुपरेको हो ।

उडान नम्बर बीएचए १३३ ६२ यात्रु लिएर आज बिहान ८ बजे प्रस्थान गरेको थियो । तर, उडेको केही समयपछि चालक दलले प्राविधिक समस्या देखेपछि काठमाडौं फर्कने निर्णय गरे । बिहान ९ बजे विमान सकुशल अवतरण भए पनि यस घटनाले नेपाली वायुसेवा कम्पनीको समग्र सुरक्षामा चिन्ता थपेको छ ।

बुद्ध एयर स्रोतका अनुसार एयरलाइन्सले यस विषयमा छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक पहल गरिरहेको जनाएको छ । तर, यो एक्लो घटना होइन, नेपालका अन्य एयरलाइन्सले पनि प्राविधिक समस्या झेल्दै आएका छन् ।

केही दिनअघि प्राविधिक परीक्षणका लागि श्री एयरलाइन्सका सबै विमान दिनभरका लागि ग्राउन्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य