मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

Categories:

-

काठमाडौं,३ चैत । मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मनहरी गाउँपालिका-६ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य