अवैध नोट बोकेको आरोपमा काठमाडौं विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

Categories:

-

काठमाडौँ, ३ चैत ।अवैध विदेशी मुद्रा बोकेर बंगलादेशको राजधानी ढाकाका लागि उडान भर्ने क्रममा काठमाडौं विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय उडानको प्रस्थान हल नजिकै एक्स–रे स्क्रिनिङका क्रममा ५२ वर्षीय चाइ हुनानको ह्यान्ड झोलामा विमानस्थल अधिकारीहरूले करिब १० हजार अमेरिकी डलर र ३० हजार बंगलादेशी टाका भेटिएपछि घटना भएको हो ।

प्रहरीका अनुसार झोलामा ९ हजार १ सय अमेरिकी डलर र २९ हजार ५ सय बंगलादेशी टका थिए । चाइ हुनानले  EA8967407 नम्बरको राहदानी बोकेको थियो। पक्राउपछि उनलाई थप कारबाहीका लागि पुल्चोक ललितपुरस्थित हरिहर भवनमा रहेको राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य