काठमाडौँ, २ चैत । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको प्रतियोगिता हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै त्यहाँ पुगेका छन ।
आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा भइरहेको छ ।
युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको छ भने आज खेलमैदानमा १५ हजार भन्दा धेरै दर्शक खेल हेर्न उपस्थित छन ।
प्रतिक्रिया दिनुहोस्


