यूएईले जित्यो टस, नेपालले बलिङ गर्ने

-

काठमाडौं,२ चैत । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर यूएईका कप्तान मुहम्मद वसिमले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

यूएईविरुद्ध आज नेपाललाई जितको विकल्प छैन । किनकि, आईसीसी क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिमले मात्र जिम्बाबेमा आउँदो जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

नेपाल अहिले ३५ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा छ । त्यो तेस्रो स्थानको नामिबियाभन्दा एक अंकले पछाडि हो । बिहीबार यूएईलाई पराजित गरे नेपालको ४० अंक हुनेछ । र, तेस्रो स्थानमा रहेर जिम्बाब्वेको टिकट पक्का गर्नेछ । अन्यथा, नेपाल प्लेअफबाट गुज्रिनुपर्नेछ ।

कथमकदाचित नेपालले अंक बाँडे पनि नेपालकाे लागि सम्भावना हुने छैन । अंक बाँडे नामिबिया र नेपालको समान ३९ अंक हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेटिङ म्यानेजर विनोद दासका अनुसार त्यसो हुँदा पहिले धेरै जित्ने टिम अगाडि हुनेछ । त्यसपछि ‘हेड टु हेड’ हेरिनेछ । र, त्यसपछि मात्र रनरेट हेरिनेछ । सबै कुरामा नेपाल नामिबियाभन्दा पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य