18.1 C
Kathmandu
Saturday, April 20, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

फेसबुकबाट ज्योति मगरले गरिन् (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीलेलाई हमला

सम्बन्धित खबर

काठमाडौँ, १ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले पत्रकार ऋषि धमलालाई सोधेको एउटा प्रश्नको जवाफ गायिका ज्योति मगरले दिएकी छन् ।

मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत् शाहीको प्रश्नको सार्वजनिक जवाफ दिएको उल्लेख गरेकी छन् । दुई दिनअघि प्राइम टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आक्रमक रुपमा प्रस्तुत भएका शाहीले ‘देश कसले बनाएको ?’ भन्दै पत्रकार धमलालाई प्रश्न गरेका थिए । ‘गिभ मी आन्सर’ भन्दै उनले सोधेका थिए, ‘यो देश कसले बनाएको ? राजाले बनाएको देशमा तपाईं किन बसेको ? छोडेर जानु न त ।’

नेपाल श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकरण गरेको उल्लेख गर्दै उनले लोकतन्त्रका पक्षधरहरु यहाँ बस्न नमिल्ने अराजक टिप्पणी गरेपछि त्यसको सार्वजनिक आलोचना भइरहेको छ । यत्तिकैमा शाहीको प्रश्नको जवाफ गायिका मगरले फेसबुकमा लेखेकी हुन् ।

राजाले देश बनाएको भन्ने उक्त अभिव्यक्तिको खण्डन गर्दै मगरले राष्ट्रवादको खोक्रो नारा लगाएर मिडिया र जनताको ‘अटेन्सन’ लिने काम नगर्न सुझावसमेत दिएकी छन् । देश राजाले बनाएको भन्दै एकाध किताब पढेर जनतालाई बेवकुफ बनाउन नमिल्ने उनको धारणा छ ।

भौगोलिक परिवेश, संस्कार, संस्कृति, भेषभूषाले सिस्टम (प्रणाली) बनाएको र त्यसले राजनीति बनाएको मगरको भनाइ छ । राजनीतिलाई फोहोर बनाएर शाहजस्ताले सोझा जनताको भावनामाथि खेलेको उनको आरोप छ ।

‘दुईचार वटा किताब पढेर दुईचार वटा हिस्ट्री पढेको छु भन्दैमा ऋषि धमलालाई चुड्की बजाउँदैमा हामी सबैलाई अर्थात् नेपाली जनतालाई बेवकुफ बनाउनचाँहि पाँइदैन् ल ज्ञानेन्द्र बेबी’, अगाडि लेखिएको छ,‘मलाई थाहा छ त तपाईंहरु राष्ट्रवादको खोक्रो नारा लगाएर मिडियाको र जनताको अटेन्सन लिने मात्रै हो देश बनाउने त भुत्रो नि हैन ।’

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष