काठमाडौँ, २८ फागुन । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ ।
बा.२ ख ६५९६ नम्बरको बस सिन्धुलीको फिक्कलस्थित हुहिभीरमा दुर्घटनामा परेको हो । ३० जना यात्रुमध्ये दुई दर्जन घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार मृतकमध्ये दुई जना पुरुष, दुई जना महिला र एक बालक हुन् । घाइतेमध्ये अधिकांशको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


