राष्ट्रपतिको लागि भोटमाग्न्न एमाले टोलि पुग्यो नेकपा एकीकृतको हेडक्वार्टर आलोकनगर

Categories:

-

काठमाडौँ, १८ फागुन । यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका नेताहरु भोट माग्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकहाँ पुगेका छन्।

राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसालसहितका नेतासँग नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन आग्रह गरेका हुन् ।

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता अध्यक्ष नेपाललाई भेट्न पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य