काठमाडौँ, १ फागुन । नयाँ बसपार्कमा दिउसो २ बजे देखि प्रदर्शन भइरहेको छ ।, यातायात मजदुरहरूले चालक अनुमतिपत्र खारेजको विरोध गर्न भेला भएका थिए।
आन्दोलनकारीले नयाँ बसपार्कतर्फ जाने बाटो अवरुद्ध गर्दा यातायात अवरुद्ध भएपछि स्थिति तनावग्रस्त बनेको छ । उपत्यका प्रवेश गर्ने र बाहिरिने ठूला बसको संख्या बढेपछि उपत्यकाको ट्राफिक व्यवस्था लाथालिंक भएको छ ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास सेल प्रहार गरेर भिड तिथर बिथर गर्ने प्रयास गरेको थियो ।
‘सडक खुलाउने क्रममा हामीमाथि ढुङ्गामुढा गरियो,’ प्रहरीले भनेको छ । अवस्था तनावग्रस्त हुँदै गर्दा अहिले ग्यास सेल फायर भएको छ । पाँच पटक कारवाहीमा परेपछि सवारी चालकको लाइसेन्स खारेज हुने नयाँ व्यवस्था ल्याएपछि उनीहरु रुष्ट भएका हुन् ।
प्रदर्शनको मूल कारण चालकलाई पाँच पटक कारवाही भइसकेपछि चालक अनुमतिपत्र खारेज गर्ने नयाँ प्रणाली लागू भएको विरोधमा हो । यो नयाँ प्रणालीले आफ्नो जीविकोपार्जन खतरामा परेको महशुस गर्ने यातायात मजदुरहरूमा ठूलो समस्या भएको छ। उनीहरुको गुनासो बारे जनचेतना जगाउने र समस्याको निष्पक्ष र न्यायोचित समाधानको माग गर्दै विरोध प्रदर्शन गरिएको मजदुरहरुका केन्द्रीय अध्यक्ष दिपक केसीले बताए ।
आन्दोल अहिले पनि जारि छ ।


