नेपाल र बंगलादेशबीचको सम्बन्ध प्रकाढ बनाउनुपर्छ ः नेता झाक्री

-

काठमाडौँ, २८ माघ ।नेपाल र बंगलादेशबीचको सम्बन्ध पछिल्लो समय धेरैको चासोको विषय बनेको छ । नेपालका पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिएकी छन् । साल्युटेशन एक्सपिडिसन हलिडेजले हालै आयोजना गरेको कार्यक्रममा झाक्रीले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ व्यावसायिक र सांस्कृतिक आयाम दिनुपर्ने बताइन् ।

झाक्रीले नेपाल र बंगलादेशका समुदायले  जनस्तरमा सम्बन्धलाई निरन्तरता दिएकोले  दुई देशबीचको सम्बन्ध झन्  सुमधुर भएको बताइन  । उनले दुई देशबीचको व्यापारिक साझेदारीलाई सहज बनाउन नेपालका विभिन्न कानुन बनाउनुपर्ने र केही कानून परिमार्जन गर्नुपर्ने बताइन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक निरौलाले दुई देशबीचको आपसी सहकार्य र समझदारीले धेरै सकारात्मक नतिजा निम्त्याउन सक्ने बताए । उनले नेपाल र बंगलादेशका नागरिकबीच सुमधुर सम्बन्ध रहेको र बंगलादेशमा विशेषगरी स्वास्थ्य विज्ञानको क्षेत्रमा धेरै नेपाली विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरे ।

नेपालसँग कृषि र जडीबुटीको बजार छ, जसलाई बंगलादेशमा बजारीकरण गर्न सकिने निरौलाले विश्वास व्यक्त गरे  । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र पर्यटक आदानप्रदान गर्न जरुरी रहेको उनको भनाइ थियो  ।

साउथ एसिया बिजनेस पार्टनरसिपका अध्यक्ष गुलाम फारुक मजनुले नेपाल र बंगलादेशको अर्थतन्त्रमा पर्यटन र व्यापार सम्बन्धलाई सुदृढ बनाउनुले सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । दुई देशबीचको आपसी सहयोग र समझदारीबाट मात्रै यो सम्भव हुने मजनुको विश्वास छ ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पत्रकार आशिष गुरागाईले नेपाल र बंगलादेशबीचको सम्बन्ध आगामी दिनमा पनि प्रगाढ र फस्टाउँदै जाने विश्वास व्यक्त गरे । उनले सँगै मिलेर काम गर्ने र एकअर्कालाई साथ दिएमा ठूलो उपलब्धि हासिल गर्न सकिने र दुवै देशका जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन सकिने बताए ।

कार्यक्रममा नेता तथा पत्रकारहरुले व्यक्त गरेका विचारले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने प्रबल इच्छा देखाएको छ । दुई देशबीचको सम्बन्ध अझ व्यावसायिक र सांस्कृतिक आयाम हुनुपर्छ र यसलाई पारस्परिक सहयोग र समझदारीबाट हासिल गर्न सकिने उनीहरुको  विश्वास छ।

नेपाल र बंगलादेशबीच सांस्कृतिक र व्यावसायिक सम्बन्धको लामो इतिहास छ। दुई देशबीच भूगोल, संस्कृति र भाषाका हिसाबले धेरै समानता छन्, जसले समयसँगै सम्बन्धलाई बलियो बनाउन मद्दत गरेको छ ।

तर, पछिल्लो समय यो सम्बन्धमा केही चुनौतिहरु आएका छन् । त्यसैले यी चुनौतिहरूलाई सम्बोधन गर्न र दुवै देशको हितमा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई मजबुत बनाउन दुवै देशका नेताहरूले मिलेर काम गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य