काठमाडौँ, २४ माघ ।बूढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराई स्वार्थ र विवादमा परेपछि बन्ने तयारीमा रहेको नगर सञ्चार नीति यसपालिपनि अलपत्र हुने देखिएको छ ।आफ्नै लागनी रहेको अनलाइन मिडिया र विज्ञापन एजेन्सीमा लगानी गरेका नगर प्रवक्ताको संलग्नताका कारण पाँच वर्षअघि नै बनाउन लागिएको नीति कार्यान्वयन हुन सकेको छैन ।
निवर्तमान मेयर उद्धवप्रसाद खरेलले सञ्चार नीति निर्नमाण नहुनुको सार्वजनिक आलोचना गर्दै ढिलाइ हुनुको प्रमुख कारण नगर प्रवक्ताको स्वार्थको द्वन्द्वरहेको आफ्नो कार्यकालमै औंल्याएका थिए । नेपाल कम्युनिष्ट पार्टी–एकीकृत मार्क्सवादी–लेनिनवादी (नेकपा–एमाले) बूढानीलकण्ठ नगर कमिटीले आफ्नो घोषणापत्रमा प्रतिबद्धता जनाए पनि नीति कार्यान्वयन हुन सकेको छैन ।
यसै घटनाको प्रतिक्रिया स्वोरुप नगर सञ्चार नीति बनाउने समितिमा रहेका पत्रकार पुण्यराज पुडासैनीले आफ्नो फेसबुक स्टेटसमा प्रवक्ता नवराज भट्टराई चुनौती दिदै लेखेका छन् :बुढानिलकण्ठ नगरपालिकाले सरकारी बिज्ञापन छपाइ गर्ने संस्था(!), संचार र प्रचार भनेर संचार माध्यमले लगेका रकम सार्वजनिक गर्ला त अब ?
बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी एवं उप-मेयर अनिता लामाले नीति निर्माण गर्न समिति घोषणा गरेर समस्या समाधान गर्ने प्रयास गरेका थिए । तर, सञ्चार नीति बनाउन संयोजक तोकिएका भट्टराईले नगरपालिकामा खाईपाई आएको एकाधिकार तोडिने डरले आफ्नो फेसबुक पेजमा पत्रकारलाई दुर्व्यवहार पूर्ण अभिव्यक्ति सार्वजनिन गरि यो प्रक्रिया रोक्ने प्रपञ्च चलाएपछि विवादमा परेको हो। प्रवक्ताको व्यवहारले नगरपालिकाको लागि वस्तुनिष्ठ रूपमा सञ्चार नीति बनाउने भट्टराईको क्षमतामाथि प्रश्न खडा गरेको छ।
नगरपालिकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न र आफ्ना नागरिकहरूलाई आवश्यक सेवाहरू उपलब्ध गराउन प्रभावकारी सञ्चार आवश्यक छ। स्पष्ट नीतिको अभावले बासिन्दाहरूलाई बेफाइदामा राख्छ र उनीहरूलाई नगरपालिकाबाट महत्त्वपूर्ण जानकारी र अद्यावधिकहरू पहुँच गर्नबाट रोकिरहेको छ ।
सञ्चार नीतिको निर्माणमा सरकारी अधिकारीहरूको स्वार्थको द्वन्द्व र विवादास्पद व्यवहारको प्रभावले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ भने धेरैको आवश्यकताभन्दा थोरैको स्वार्थलाई प्राथमिकता दिन्छ। जनप्रतिनिधिहरुले पारदर्शी, स्वार्थको द्वन्द्वमुक्त र बासिन्दाहरूको आवश्यकतालाई प्राथमिकता दिने नीतिको निर्माणलाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ।


