काठमाडौँ, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै चौतर्फी आलोचना भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सञ्चार मध्यम र सञ्चाररकर्मीलाई भनेको भनाइले नेपालका सञ्चार संस्था र पत्रकारमा चिन्ता बढेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै लामिछानेको भनाइप्रति भत्र्सना गर्दै देशमा पत्रकारको सुरक्षामा चिन्ता व्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले नेपालमा पत्रकार र सञ्चारकर्मीको अधिकार र सुरक्षाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा उनले उच्च पदस्थ व्यक्तिबाट दिएको सार्वजनिक धम्कीले सञ्चारमाध्यम र यसका पत्रकारमा पर्न सक्ने असरप्रति महासंघ चिन्तित रहेको बताए । महासंघले लामिछानेको भनाइ समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको र नेपालमा सञ्चारमाध्यमको स्वतन्त्रता र स्वतन्त्रतामा खतरा उत्पन्न भएको ठानेको छ ।
हेर्नुहोस् विज्ञप्ति



