आज शंखरापुरमा स्थानीय पर्व विदा

Categories:

-

काठमाडौँ,२२ माघ । शंखरापुर नगरपालिकाले आइतबार स्थानीय पर्व विदा दिएको छ । नगरपालिकाले माघ १३ गते बसेको नगर कार्यपालिकाले स्थानीय पर्व विदा दिएको हो ।

स्वस्थानी व्रत समाप्ती तथा माघ शुक्ल पूर्णिमाको अवसरमा माघ २२ आइतबार सार्वजनिक विदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । सो दिन नगरपालिका अन्तर्गतका कार्यालय शैक्षिक संस्था, वडा कार्यालय बन्द रहने जनाइएको छ ।

विदाको दिन आकस्मिक सेवा सञ्चालन रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य