स्वतः विजयी घोषणा गनुपर्ने मागदावी सहित निर्वाचन आयोग जाँदै रवि लामछानेका प्रतिद्धन्दी

Categories:

-

काठमाडौँ, २२ माघ । नेपाली काँग्रेस नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग जाँदै छन् ।

नेता श्रेष्ठ आज बिहान ११ः३० बजे निर्वाचन आयोगमा गएर निवेदन हाल्ने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नरहने गरी फैसला गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए । लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य