काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बसी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
गृहमन्त्री र उपप्रधानमन्त्रीको पद गुमाएका पार्टी सभापति रवी लामिछानेले सोही पदमा पुनः बहाल हुन चाहेका थिए तर प्रधानमन्त्रीमाथि दबाब दिँदा त्यो असफल भएको थियो ।
सरकार छाड्ने कुरामा मन्त्रीलगायत केही नेता असहमत भएपनि निर्णय भने सरकारमा नबस्ने भएको स्रोतले बतायो ।
यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्

