काठमाडौँ,१९ माघ । जुम्लामा नागरिकता विवादका कारण सांसद पद गुमाएका रवि लामिछानेका लागि न्याय माग्दै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन ।
सरकारी कर्मचारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालकसमेत रहेका बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार ती व्यक्तिले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्छ भन्दै आत्मदाहको प्रयास गरेको बताइन् ।
त्यो मानिसले आगो बाल्ने प्रयास गर्यो, तर लाइटर बल्न असफल भयो, र उसले आफैंलाई आगो लगाउनु भन्दा पहिले उसलाई बचाइएको थियो।
जुम्लाका डीएसपी नरेन्द्र चन्दले उक्त व्यक्तिले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको बताए । उक्त व्यक्तिले आफूलाई पेट्रोल जुनसुकै पम्पले दिने भन्दै त्यहीँबाट ल्याएर आएको बताइएको छ।
उनले रवि लामिछानेका लागि आफूले न्याय चाहेको र देशमा भ्रष्टाचारको अवस्था देखेर आफू निराश भएको प्रहरी समक्ष बताए ।

