कपन साहित्य समाजले माघ २० गते ‘कसास यात्री स्मृति सम्मान’ तथा ‘कपन दर्पण’ लाेकार्पण गर्ने

Categories:

-

काठमाडौँ , १९ माघ । बूढानिलकण्ठकाे पूरानाे साहित्यिक संस्था कपन साहित्य समाजले माघ २० गते शुक्रबार एक विशेष कार्यक्रम आयाेजना गरी नेपाली साहित्य क्षेत्र अग्रणी व्यक्तिवहरूलाइ सम्मान गर्ने भएकाे छ । संस्थाले जारी गरेकाे व्यक्तव्यमा  कसास यात्री स्मृति सम्मानकाे दुइजनालाइ प्रदान गर्दैछ । सम्मानअन्तर्गत कसास यात्री स्मृति सम्मान २०७७ प्रा. डा. अभि सुवेदी तथा कसास यात्री स्मृति सम्मान २०७८ प्रा. डा. गार्गी शर्मालाइ प्रदान गरिने संस्थाले जनाएकाे छ ।

संस्थाकाे भवन बुनपा १० आकाशेधारामा बिहान ८ बजे हुने कार्यक्रममा कपन दर्पणकाे कविता विशेषांक विमाेचन हुने पनि संस्थाले जारी गरेकेा वक्तव्य तथा निमन्त्रणापत्रमा उल्लेख गरिएकाे छ ।

कपन साहित्य समाजले संस्थाका परिकल्पनाकार स्वर्गीय पूर्णप्रकाश नेपाल यात्रीकाे स्मृतिमा हरेक वर्ष एकजना भाषासेवा तथा वरिष्ठ साहित्यकारलाइ सम्मान गर्दै आएकाे छ । कपन साहित्य समाज २०५८ सालदेखि नियमितरूपमा साहित्यिक गतिबिधिमा सक्रिय रहेकाे संस्था हाे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य