यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको छिटो पहिचान गर्न परिवारको माग

Categories:

-

पोखरा,१७ माघ । हालै पोखरामा भएको यति एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई आफन्तको पहिचान गर्न समस्या भएको छ । दुर्घटनामा ज्यान गुमाएका ७२ जनामध्ये १८ जनाको शव सनाखत हुन सकेको छैन ।

यो ढिलाइले  शोकमा डुबेका परिवार र आफन्तहरूमा  निराशा र आक्रोशको बढाएको छ । ज्यान गुमाएकाहरूको छिटो पहिचान गरि शव बुझाउन  परिवार र आफन्तहरूले  माग गरेका छन् ।

उता विदेशी बीमा कम्पनीका लागि  डीएनए परीक्षण गर्नुपर्ने बाध्यताले पहिचानको प्रक्रिया जटिल बन्दै गएको छ । प्रति यात्रु २० हजार डलर  र चालक दलका सदस्यहरूको लागि ४० हजार डलरको बीमा रकम दाबी गर्न, पोस्टमार्टम मात्र होइन “डीएनए” परीक्षण पनि आवश्यक पर्दछ  छ।

फलस्वरूप दुर्घटनामा परि मृत्यु वर्ण गरेकाहरूको “डीएनए”  परीक्षणका लागि  कास्की प्रहरीले जरासहित दाँत निकाल्न आग्रह गर्दै पत्राचार गरेको  छ।

शवको पहिचान र  प्राप्तिमा ढिला हुँदा पानी चढाउने र अन्तिम संस्कार गर्ने जस्ता सांस्कृतिक र धार्मिक प्रचलनहरूमा पनि असर गरेको छ। हिन्दू धर्ममा मृत्यु निश्चित नभएसम्म र शरीर प्राप्त नभएसम्म यी अनुष्ठान नगर्ने चलन छ। डीएनए परीक्षणको थप जटिलताले प्रक्रियालाई झनै कठिन बनाएको छ, जसले गर्दा परीक्षण पूरा नभए भविष्यमा क्षतिपूर्ति नपाउने डरले गर्दा  परिवारमा चिन्ता बढेको छ।

कठिनाइहरूको बावजुद, अधिकारीहरूले शवहरू सकेसम्म चाँडो पहिचान गर्न प्रयास गरिरहेका छन्। घडी र मोबाइल फोन जस्ता सामानका आधारमा केही शव पहिचान भइसकेका छन् । तर, डीएनए परीक्षणको जटिलता थपिएपछि यो प्रक्रिया झनै कठिन भएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य