काठमाडौँका वर्तमान चुनौतीबारे प्रधानमन्त्रीले मेयरको दृष्टिकोण खोजे पछी एका विहानै बालुवाटार पुगे बालेन

Categories:

-

काठमाडौँ,१६ माघ । काठमाडौँका  मेयर बलेन्द्र शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटन् बालुवाटार पुगेका छन । बालेन्द्रले बुलडोजर हानेर आतंक मच्चाएको भन्दै प्रदर्शनकारीले मेयरविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको एक दिनपछि उनि बालुवाटार पुगेका हुन्  ।

प्रधानमन्त्री र मेयरबीचको भेटको उद्देश्य भने खुल्न नसकेको भए पनि काठमाडौंमा चलिरहेको समस्या र आन्दोलनकारीले उठाएका चासोलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । सरकार प्रमुखको हैसियतमा प्रचण्डले आरोप लागेका महानगरकाका मेयर र नगरको अवस्थाबारे बालेन्द्रको दृष्टिकोण सुन्न चाहेको हुन सक्छ स्रोत भन्छ ।

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच जारी आन्दोलनका बीचमा भएको भेटले काठमाडौंले सामना गरिरहेको  जटिल चुनौतिहरू र त्यसलाई सम्बोधन गर्न प्रभावकारी नेतृत्व र सहकार्यको आवश्यकतालाई उजागर गरेको छ । जनताको हित हुने र शहरको स्थायित्व र समृद्धि सुनिश्चित गर्ने समाधान खोज्न सरकार, स्थानीय नेता र नागरिकले मिलेर काम गर्नुपर्छ।

प्रदर्शनकारीहरूले उठाएका चिन्ताहरूको जवाफमा प्रधानमन्त्री र मेयरले के कदम चाल्छन् हेर्न महत्त्वपूर्ण हुनेछ।सरकारले मेयर विरुद्धको आरोपलाई सम्बोधन गर्न र जवाफदेहिता सुनिश्चित गर्न कुनै उपाय गर्छ कि गर्दैन भनेर पनि महानगर वासीहरु यस घटनालाई  नजिकबाट हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य