बिराटनगर, १६ माघ । धनकुटा महोत्सवमा हिजो साँझ सांगीतिक कार्यक्रम भइरहेको बेलामा भागदौड मच्चिँदा ६ बालबालिकासहित ३० जना घाइते भएका छन । दुई बालबालिकाको अवस्था गम्भीर छ । कार्यक्रम हेर्न आएका दर्शकहरुको भीड नियन्त्रण बाहिर गएपछि भागदौड भएको थियो ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ, जसमध्ये गम्भीर घाइते दुई बालबालिकालाई विराटनगरको अस्पताल लगिएको छ ।
विराटनगर लगिएका दुई बालबालिकाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले जनाएको छ ।
धरानबाट विराटनगर रिफर गरिएका धनकुटा-५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ३ वर्षीय बच्चा छन् । बाँकी १६ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सामान्य चोटपटक लागेका केही बिरामी डिस्चार्ज भएका छन् ।
घाइते ६ बालबालिकासहित सबैको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । दुखद घटनापछि महोत्सव स्थगित भएको छ ।
चर्चित नेपाली गायक प्रमोद खरेलको प्रस्तुतिको क्रममा भागदौड भएको थियो । माघ ६ मा सुरु भएको महोत्सव यस क्षेत्रको लोकप्रिय कार्यक्रम हो र यस कार्यक्रमले ठूलो संख्यामा मानिसहरूलाई आकर्षित गर्दछ। तर, भीड नियन्त्रण बाहिर गएपछि भागदौड मच्चिएको थियो ।
यस घटनाले त्यस्ता कार्यक्रममा हुने सुरक्षा उपायमा चिन्ता बढाएको छ । महोत्सवको आयोजकले भीड नियन्त्रण गर्न र सहभागीको सुरक्षा सुनिश्चित गर्न पर्याप्त उपायहरू नगरेकोमा आलोचना भइरहेको छ। प्रहरी अधिकारीहरूले पनि घटनामा पर्याप्त चाँडो प्रतिक्रिया नदिएको पीढीहरूले बताए ।
जिल्ला अस्पताल धनकुटाले धरानको बिपी प्रतिष्ठान रेफर गरेका घाइतेहरूको नामावली :
१) विष्णु राई, धनकुटा-५
२) अबिहाङ लिम्बू (विष्णुको छोरा) (धरानबाट विराटनगर रेफर गरिएको)
३) गोमा कार्की
४) अनिषा राई
५) नारायण राई
६) ३ वर्षीय बच्चा (नाम नखुलेको) (धरानबाट विराटनगर रेफर गरिएको)
७) प्रकट श्रेष्ठ
८) बुध्दिमाया लिम्बु
९) बसिन पौडेल
१०) सन्दीप साह
११) प्रवेश राई
१२) श्रेया कटुवाल
१३) हिरा राना
१४) अनुषा राई
१५) विनीता लिम्बु
१६) बसिन लिम्बु
१७) सुनिल लिम्बु
१८) प्रकाश प्रधान


