नक्कली मदिरा बाउने गिरोह विरुद्ध नेपाल प्रहरीको कारबाही खुल्यो डरलाग्दो तथ्य

Categories:

-

काठमाडौँ, १५ माघ । कम गुणस्तरको नक्कली मदिरा बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेपछि नेपालमा नक्कली मदिरा उत्पादन र व्यापारको ठूलो पर्दाफास भएको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको कुपण्डोलमा रहेको ‘निरज उप्रेतीको नेक्स टेस्ट लिक्वयर स्टोरमा नक्कली खुकुरी रम फेला परेको र सो कार्यमा गिरोह नै संलग्न भएको पाइएको हो,’।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा पनि नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, खाली बोतल, राजश्व र अन्त शुल्कको स्टिकरलगायत रक्सी उत्पादनमा प्रयोग हुने मेसिन बरामद भएको जनाइएको छ । नयाँ बसपार्क नजिकैको एसटी लिक्वएर स्टोरमा पनि नक्कली रक्सी फेला परेको छ ।

प्रहरीले नक्कली मदिरा  उत्निपादन गरेको आरोपमा निरज उप्रेती, गणेशबहादुर रानामगर र धर्मी गौडेललाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

 नक्कली मदिरा नेपालमा एउटा प्रमुख समस्या हो,  यसले जनस्वास्थ्यमा गम्भीर खतराका साथै वैध व्यवसाय र सरकारलाई राजस्व र करको हिसाबले आर्थिक नोक्सानी पु¥याउँदै  आएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य