धुलिखेलमा रङ्गीन रात बिताएर बूढानीलकण्ठ नगरपालिकाका अधिकृत स्तरका कर्मचारी र जनप्रतिनिधिहरुले सार्वजनिक कोषको दुरुपयोग गरेको आरोप

Categories:

-

काठमाडौँ,१४ माघ । बूढानीलकण्ठ नगरपालिका अधिकृत स्तरका  कर्मचारी र  वडा नम्बर १, १०, ११ र १२ का वडा अध्यक्षहरूको  टोलीले धुलिखेलमा एक रात बिताए पछि नगरका साना तहका कर्मचारीहरू आक्रोशसित भएका छन् ।

स्रोतका अनुसार करको दायरा र करका विभिन्न आयामबारे छलफल गर्न टोली धुलिखेल गएको थियो । तर, नगरपालिकाका अन्य कर्मचारीसँग कुनै कार्ययोजना वा कार्यक्रम बाँडफाँड गरिएको छैन । यसले कर्मचारीहरूमा चिन्ता बढाएको छ, जसले अब टोलीको यात्राको नियतमाथि प्रश्न उठाइरहेका छन्।

विशेषगरी नगरपालिकाभित्र स–साना पदमा काम गर्ने कर्मचारीहरू एवं पत्रकार यात्राको पारदर्शिता नहुँदा आक्रोशित छन् । समुदायलाई असर गर्ने निर्णय गर्न गएका आफ्ना अधिकृतकजनप्रतिनिधिहरूले  कार्यक्रमको उद्देश्य र आयोजनाहरूबारे खुलासा गर्नुपर्ने  उनीहरूको भनाइ छ।

नगरपालिका अधिकृत र वडा अध्यक्षहरूले  आफूले प्रतिनिधित्व गर्ने समुदायलाई कुनै जानकारी नदिई धुलिखेल गएर त्यहाँ एक रात बिताउनु पर्ने आवश्यकता किन महसुस भयो भन्ने खुल्न सकेको छैन ।

नगरवासीको पैसाले मदिरा सेवन गरेर धुलिखेलमा जनप्रतिनिधि र अधिकृत स्तरका  कर्मचारीले कस्तो कर नीति ल्याउनेहुन् त्यो भने हेर्न बाँकी छ ।

नगरपालिकाकाका बारेमा कलम चलाउँदै आएका पत्रकार पुण्य राज पुडासैनीले फेसबुक स्टेट्स अपडेट गर्दै चिन्ता व्यक्त गरेका छन्  कि अधिकृत स्तरका  कर्मचारी र  वडा अध्यक्षहरूको टोलीले समुदायलाई कुनै स्पष्ट लाभ दिने कार्यक्रम नगरी व्यक्तिगत मनोरञ्जन गर्न सार्वजनिक कोष प्रयोग गरेको हुन सक्छ। यसले साना तहका कर्मचारी र समुदायको आक्रोश र निराशालाई थप उकासिदिएको छ।

यी चिन्ताहरूलाई प्रकाश पार्न धुलिखेलमा रात बिताएका  टोलीको लागि उनीहरूले त्यहाँ के गरे भनेर आफ्ना तर्फबाट स्पष्टीकरण दिनु पर्ने भएको छ । कर्मचारीहरू, साथै उनीहरूले प्रतिनिधित्व गर्ने समुदाय, यात्राको उद्देश्य र यसले उनीहरूलाई कसरी फाइदा पुर्‍यायो  भनेर जान्न योग्य छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य