Sunday, April 2, 2023
9.9 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

आत्मदाहगरेका प्रेमप्रसाद आचार्यले उठेका मुद्दाहरूको छानबिन गर्न समिति गठन

भर्खरै

काठमाडौँ,१२ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

मंगलबार संसद भवन अगाडि आगो लगाउनुअघि आचार्यले फेसबुकमार्फत ऋण र ऋणका कारण व्यवसाय चलाउन नसक्ने बताएका थिए । उनले विभिन्न व्यक्ति र समूहको नाम उल्लेख गर्दै आरोप समेत लगाएका थिए ।

गृह मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित छानबिन समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम, रोजगार तथा मन्त्रालयका उपसचिव रहनेछन् । सदस्यमा सामाजिक सुरक्षा, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक रहेका छन् ।

समितिले आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार गर्ने छ । उनीहरुले सरकारले गर्नुपर्ने कामका बारेमा पनि सुझाव दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष