काठमाडौं, १२ माघ । काठमाडौँको तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले स्थानीय बासिन्दालाई निःशुल्क रगत वितरण गरी आफ्ना नागरिकको स्वास्थ्य सुधार गर्ने दिशामा कदम चालेको छन । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा नगरपालिकाले आफ्नो सीमाभित्रका नागरिकलाई कालीमाटी केन्द्रीय रक्तसञ्चार सेवाबाट निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आर्थिक हैसियत जतिसुकै भए पनि उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतका तत्त्वो नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले यो पहल गरिएको नगरपालिकाले जनाएको छ । यसले आफ्ना बासिन्दाहरूको स्वास्थ्यमा सुधार ल्याउन र खाँचोमा परेकाहरूलाई थप किफायती उपचार गराउन सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ।
नि:शुल्क रगत प्राप्त गर्न नागरिकले बिरामीको नाममा अस्पतालबाट रगत अनुरोध फारमको प्रतिलिपि र तारकेश्वरमा बसोबास गरेको प्रमाण उपलब्ध गराउनु पर्नेछ। रगत साँच्चै खाँचोमा परेकालाई वितरण गर्न र त्यसको दुरुपयोग वा खेर नजावोस् भन्ने सुनिश्चित गर्न यस्तो गरिएको नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले बताए ।
नगरपालिकाले आफ्ना बासिन्दाहरूको स्वास्थ्य र सुस्वास्थ्य सुधार गर्ने काम जारी राख्ने र खाँचोमा परेकाहरूका लागि चिकित्सा उपचार सेवा अझ सस्तो बनाउन अन्य तरिकाहरू खोज्ने पनि बताएको छ।