दुबई घरजग्गा मेला सकिने बेलामा प्रहरीको हस्तक्षेप

Categories:

-

काठमाडौं,८ माघ । सोल्टी होटलमा शनिबारदेखि सुरू भएको दुबई घरजग्गा मेला सकिने बेला प्रहरी रोक्न पुगेको छ ।

प्रहरी वृत कालिमाटीको टोली मेला स्थल सोल्टी होटल पुगेको छ । प्रहरी स्रोतले नियम विपरित काठमाडौंमा दुबईको घरजग्गा मेला भएको र यसबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

शनिबारदेखि भएको मेला आइतबारसम्म चल्ने छ । दुबईको घर बिक्री गर्न काठमाडौंमा मेला भएको पहिलो पटक होइन । विगतका हरेक वर्ष काठमाडौंमा मेला हुने गरेको थियो । नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न रोक लगाएको छ ।

राष्ट्र बैंकले दुबईको घर बिक्रीको लागि काठमाडौंमा मेला हुने भएपछि सार्वजनिक सूचना जारी गरेर नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लागेको जानकारी दिएको थियो ।

दुबईको म्याक भन्ने कम्पनीले काठमाडौंमा मेला गरेको थियो । पछिल्लो समय नेपालका व्यवसायीको गन्तव्यको रूपमा दुबई चिनिन थालेको छ । व्यवसायीहरुले दुबईमा घर किन्ने तथा गोल्डन भिसा सुविधा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य