सुर्खेत दुर्घटनामा चारजनाको मृत्यु

Categories:

-

काठमाडौं,८ माघ। सुर्खेतमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरेन्द्रनगर– ७ का सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का राजेन्द्र बि.सी रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिए ।

छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । दुर्घटना कति बजे भएको हो जानकारी नभएको तर राति साढे २ बजे दुर्घटनाका घाइते होसमा आएर खबर गरेपछि घटनाबारे थाहा भएको रिजालले जानकारी दिए ।

दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य