रक्सी पिएर बबन्डर मच्चाउने उपराष्ट्रपतिका सल्लाहकार महाराजगञ्ज प्रहरिको खोरमा

Categories:

-

काठमाडौं,७ माघ। शुक्रबार महाराजगञ्ज चक्रपथमा हिट एन्ड रन दुर्घटनामा संलग्न उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार गुरुङले चलाउँदै आएको सरकारी गाडी सडक डिभाइस  र सशस्त्र प्रहरीका अवकासप्राप्त एआईजी को गाडीसँग ठोक्किएर दुवै सवारीसाधनमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटना राति करिब ११ः३० बजे भएको थियो ।

घटनाको समयमा गाडीमा गुरुङसहित मीनबहादुर घले, सुजन अर्याल र एक अज्ञात व्यक्ति सवार थिए । दुर्घटना हुनुअघि उक्त समूहले मदिरा सेवन गरी सडकमा अशान्ति मच्चाएको प्रहरीले जनाएको छ । उनीहरु नयाँ बसपार्क क्षेत्रमा मदिरा खाएर गुड फ्राइडे मनाइरहेका थिए र घर जाँदै गर्दा दुर्घटना भएको हो ।

गोंगबुको बिजी मल नजिकै सडकको एउटा डिभाइडरमा गाडी ठोक्काएर अघि बढेपछि उनीहरुले सामाखुसी नजिकै सशस्त्रका पूर्व एआईजी जीतबहादुर पुनको गाडीमा सवारी साधन ठोक्काएका थिए ।

एआईजीको बा.२७ च ४१९८ नम्बरको हाइलक्सलाई पछाडिबाट हिर्काएपछि उनीहरु गाडीसहित भागेको र प्रहरीले पछ्याउँदै जाँदा उनीहरूलाई महाराजगञ्ज प्रहरीले भाग्ने बाटै नभएको अन्तिम बिन्दूबाट समातेको हो ।

गुरुङ र अन्य व्यक्तिहरूलाई पक्राउ गरी हिट एन्ड रन, सम्पत्तिमा क्षति पुर्‍याउने र सार्वजनिक अशान्ति गरेको आरोप लगाइएको छ ।  ‘ पक्राउ परेकाहरूले महाराजगञ्जका इन्स्पेक्टरलाई ‘को हो चिनेको छस् ?’ भनेर धम्क्याएका थिए ।

बा.प्र ०१ ०२६ च ८८४३ नम्बरको बीवाइडी कम्पनीको ब्याट्रीबाट चल्ने अत्याधुनिक सुविधायुक्त चिनियाँ गाडी प्रयोग गरेका थिए ।

उपराष्ट्रपतिका सल्लाहकार गुरुङ, गोरखा घर भएका मीनबहादुर घले, पर्वत घर भएका जीवन गुरुङ,सुकेधारा बस्ने सुजन अर्याल मापसे सेवन गरेर फिटान अवस्थामा फेला उनीहरूलाई रातिनै  स्वास्थ्य परीक्षणका लागि लगिएको र अहिले प्रहरी हिरासतमा छन् ।

प्रहरी अनुसन्धान जारी छ र पक्राउ परेका व्यक्तिहरूले कस्तो परिणाम भोग्लान् त्यो भने हेर्न बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य