बूढानीलकण्ठ नगरपालिकाले ल्होछार पर्व भव्यताका साथ मनाउने

Categories:

-

काठमाडौँ, माघ ५ गते । बूढानीलकण्ठ नगरपालिकाले वडा नम्बर ८ स्थित गोल्फुटार  मैदानमा माघ ८ गते भव्यताका साथ ल्होछार पर्व मनाउने भएको छ ।विभिन्न समुदायले छुट्टाछुट्टै मनाउदै आएको ल्होछार पर्व यसपटक नगर पालिकाले आफ्नै प्रयासमा एकीकृत रुपमा मनाउन लागेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख अनिता लामाले नगरको सांस्कृतिक सम्पदा र परम्पराको प्रवद्र्धन गर्न संयुक्त कार्यक्रम आयोजनागर्न लागेको बताइन । ल्होछार पर्व बूढानीलकण्ठ नगरको महत्वपूर्ण पर्व भएकाले यस वर्ष नगरपालिकाले भव्यताका साथ मनाउने तयारी गरेको छ ।

ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चाले मनाउने गर्दछन् । गुरुङले मनाउने ल्होछारलाई तमु ल्होछार, तामाङ र अन्य जातिले सोनाम ल्होछार, शेर्पा, भोटे जाति र अन्य जातिले ग्याल्पो ल्होछार भन्ने गर्छन् । तामाङ जाति पुगेका नेपालसहित सिंगापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्याण्ड, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायत देशमा सोनाम ल्होछार पर्व मनाइन्छ ।

सबै जातजाति र संस्कृतिका मानिसहरूले मनाउने यो पर्व समुदायका लागि भेला भएर आफ्नो साझा सम्पदा र परम्परालाई मनाउने ठूलो अवसर हो। नगरको सांस्कृतिक सम्पदा र परम्परालाई व्यापक समुदायमा प्रवर्द्धन गर्न नगरपालिकाको लागि पर्व उत्कृष्ट माध्यम हो।

कार्यक्रम स्थलमा आगन्तुकका लागि शौचालय, खाना पसल लगायत आवश्यक सबै सुविधा उपलब्ध गराउने आयोजकले बताए । कार्यक्रम आयोजना गर्न १ सय ५१ जनाको मुल आयोजक समिति बनेको र त्यसले विभिन्न उपसमिति गठन गरिएको मुख्य व्यवस्थापन समितिका संयोजक समेत रहेकी उप प्रमुख अनिता लामाले जानकारी दिइन् ।

उपसमितिहरूले महोत्सवका विभिन्न पक्षहरू जस्तै सांस्कृतिक कार्यक्रम, खाना स्टल र सुरक्षाको जिम्मेवारी पाएका छन ।  विभिन्न समुदायका परम्परागत नृत्य र सांगीतिक प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षण हुने छ ।

कार्यक्रम स्थलमा फुड स्टलहरू पनि राखिएने एवं आगन्तुकहरूको लागि विभिन्न परम्परागत परिकारहरू प्रदान गरिने आयोजकले बतायो ।पर्वमा स्थानीय तथा पर्यटक दुवैको राम्रो सहभागिता रहने तथा कार्यक्रमभरि उत्सवको माहोल रहने आयोजकको विश्वास छ ।

को को छन समिति र उपसमितिमा

बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको ल्होछार पर्व मुल व्यवस्थापन समितिको संयोजकमा उपप्रमुख अनिता लामा रहेकी छिन्  भने   उपसमितिहरु यस प्रकार रहेका छन् ।

फोरम व्यवस्थापन उपसमिति – संयोजकः सुमन तामाङ, सदस्यः दिलीप थिङ, कर्ण लामा
अर्थ तथा प्रशासन उपसमिति – संयोजकः विजय तामाङ, सदस्यः सुरेन्द्र लामा, विकास तामाङ
सांस्कृतिक उपसमिति – संयोजकः राजु तामाङ, सदस्यः ढोर्जे तामाङ, सुजन तामाङ
प्रचार तथा सूचना सञ्चार उपसमिति – संयोजकः उज्वल तामाङ, सदस्यः बसन्त तामाङ, बुद्धि तामाङ
खाद्य व्यवस्थापन उपसमिति – संयोजक : दिलीप तामाङ, सदस्य : श्री तामाङ
स्वयंसेवक व्यवस्थापन उपसमिति – संयोजकः कर्ण लामा, सदस्यः रणबहादुर तामाङ, श्री लामा, हेब्सिबा तामाङ, रञ्जित लामा
सांस्कृतिक र्‍याली तथा झाँकी व्यवस्थापन उपसमिति – संयोजकः प्रेमबहादुर तामाङ, सदस्यः दीपक तामाङ, सुमन तामाङ, श्याम तामाङ, मिलन तामाङ, रोहित तामाङ
पूजा व्यवस्थापन उपसमिति – संयोजकः इन्द्र लामा, सदस्यः कृष्णबहादुर तामाङ, भीमबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य