नारायणी नदीमा राइनो  क्रुज जहाज माघ १ गतेबाट सञ्चालनमा आउने

-

काठमाडौँ,३० पुष । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको राइनो क्रुज जहाज चितवनको नारायणी नदीमा माघ  १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

जहाजको २ वर्षअघि सफल परिक्षण भइसकेको भएपनि कोभिड–१९ को महामारीका कारण जहाज निर्माणमा ढिलाइ भएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

जहाजमा १८० यात्रु क्षमता रहेको र ३ तलाको सुविधा रहेको छ । भरतपुर महानगरपालिका ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा रहेको क्रुज सिप स्टेसनले यात्रुलाई नारायणी नदीमा एक घण्टाको क्रुजमा लैजाने योजना रहेको छ ।

क्रुजको टिकट ७०० रुपैयाँ तोकिएको छ, जसमा १५०० रुपैयाँमा ब्रेकफास्ट क्रुजिङ, २ हजार रुपैयाँमा लंच क्रुजिङ र २५ सय रुपैयाँमा डिनर क्रुजिङका लागि थप प्याकेज विकल्प छन् ।

क्रुज जहाज भित्र, यात्रुहरूले रेस्टुरेन्ट, सांस्कृतिक कार्यक्रमको लागि आकर्षक स्टेज, बैठक र सेमिनार गर्न सक्ने हल, र तोकिएको सेल्फी प्वाइन्ट लगायतका विभिन्न सुविधाहरू पाउनेछन्।

जहाजमा एक भीआईपी कोठा र सेल्फी लिन र चलचित्र खिच्नका लागि एक एकाइ पनि छ, जसलाई समग्र अनुभव बृद्धि गर्न जहाजमा परिवर्तन गरी थपिएको हो । डिजाइन परिवर्तन गर्दा एक करोड लागत र तौल १० टन बढेको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए ।

जहाजमा प्रत्येक यात्रुको १० लाखको बिमा पनि छ । जहाजमा विवाह, इन्गेजमेन्ट, जन्मदिन, विवाह वार्षिकोत्सव र अन्य गतिविधिहरूको लागि सुविधा पनि छ। जहाज निर्माणमा कूल १ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

नारायणी नदीमा ४० किलोमिटरको बाटोमा जहाज चल्न सक्ने भए पनि अहिले पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्रै चल्न सक्नेछ । दुईवटा इन्जिनसहितको जहाजमा पहिलो तल्लामा ९० जना र दोस्रो तल्लामा १०० जना अट्न सक्नेछन् ।

पहिलो तल्लामा सेल्फी खिच्न, चलचित्र खिच्न र म्युजिक भिडियोहरू खिच्नका लागि खुला ठाउँ पनि छ र यसमा १५ जना मानिस अट्न सक्छन्। दोस्रो तल्लामा १० विशेष व्यक्तिहरूको लागि कुर्सीहरू छन्, र जहाज १०० फिट लामो र २५  फिट चौडा छ।

यो जहाज नर्वेली प्रविधि प्रयोग गरी निर्माण गरिएको र भारतको केरलाका विज्ञहरूले तयार पारेका हुन्। यसमा १५ सदस्यहरूको चालक दल हुनेछ। राइनो क्रूज जहाजले नारायणी नदीको सौन्दर्य अनुभव गर्ने अनौठो अवसर प्रदान गर्ने संचालक कम्पनीले विस्लिवास लिएको जारि विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य