सरकार गठन भएको दुई साता नबित्दै प्रशासनमा ठूलो फेरबदल अर्थका असफल सचिवहरु आउट

Categories:

-

काठमाडौँ,२८ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारले सरकार गठन भएको दुई साता नबित्दै सात सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको एउटा महत्वपूर्ण परिवर्तन हो । राजस्व सम्बन्धी कुनै ज्ञान वा अनुभव नभए पनि कर्णलाई शक्ति केन्द्रको आडमा राजस्व सचिवको महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । तर, राजस्व र वित्त सचिवको रूपमा उनको कार्यकालमा, राजस्व संकलनमा उल्लेखनीय अन्तर र शेयर बजारमा गिरावटसँगै देशको अर्थतन्त्र ध्वस्त भएको थियो ।

अर्को उल्लेखनीय सरुवा गृह क्याडर राजस्व सचिव रामेश्वर दंगालको हो , उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । बामदेव गौतम गृह मन्त्री हुँदा गृह प्रशासनमा लगायत धेरै जिल्लामा सीडीओ र गृह मन्त्रालयका विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव भएका उनलाई अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको छनोटमा दङ्गालको सरुवा गरिएको बताइन्छ ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । ज्ञवालीलाई एमाले निकट मानिन्छ भने कांग्रेस निकटका कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाको जिम्मेवारी दिएको छ सन्तुलन मिलाउन उनको सरुवा गरिएको हो ।

वाणिज्य मन्त्रालयका सचिव तोयाम रायलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । राय कुनै पनि विवादमा नपरेका सचिवको छवि बनाएका छन् उनलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल बनाउन राम्रो विकल्प मानेका छन् । अख्तियारका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा ल्याइएको छ भने उनि पनि आहिले सम्म कुनै विवादमा नआएका व्यक्ति हुन् ।

पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधु मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मरासिनी उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँग नजिक रहेकाले पौडेललाई अर्थतन्त्रमा ल्याउने  यस अघि हल्ला चलेको थियो ।

स्रोतका अनुसार सरकारको कार्यसम्पादनमा सुधार ल्याउने प्रयासका लागि उनीहरुलाई हेरफेर गरिएको हो । पदाधिकारीहरुको क्षमता, अनुभव र कार्यसम्पादन अवस्थालाई ध्यानमा राखी कुनै राजनीतिक पूर्वाग्रहविना सचिवहरुको सरुवा गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य