तारेभिर पर्यटन महोत्सव प्रवर्द्धन गर्न साहित्य सम्मेलन

Categories:

-

काठमाडौँ,२९ पुष ।आगामी तारेभिर पर्यटन महोत्सवको प्रवर्द्धन गर्न हालै शिवपुरी हिमालको काखमा साहित्य सम्मेलन आयोजना गरिएको छ ।माघ  १ र २ मा हुन लागेको तारेभिर महोत्सवको दुई दिनअघि सम्मेलन भएको थियो ।

सम्मेलनमा करिब छ दर्जन लेखकले आफ्ना रचना वाचन गर्न भेला भएका थिए ।

वरिष्ठ साहित्यकार वेदमणि घिमीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि बागमती प्रदेशका  पूर्वमन्त्री रामेश्वर फुयाँल थिए । विशेष अतिथिमा कनद महर्षि र अच्युतप्रसाद पौडेल थिए भने अन्य साहित्यकार विनोद मञ्जन, मधुसूदन पाण्डे, मञ्जुश्री के.सी. रानु, मुरारी सिग्देल, धुण्डिराज पोखरेल, थारेन्द्र बराल, बालचन्द्र प्रवाहको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन तथा संयोजन घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डितले गरेका थिए ।

करिब एक बजेदेखि सुरु भएको सम्मेलनमा लेखकहरूलाई चुच्चेपाटीबाट बसमा तारेभिर ल्याइएको थियो । तारेभिर महिला समुहले उपस्थित साहित्यकारहरुलाई फूलमाला र खादाले  स्वागत गरेको थियो भने महिला समूहकी अध्यक्ष सुनिता राना मगरले स्वागत मन्तव्य राखेका थिए ।

सम्मेलनमा निबन्धाचार्य, विनोद मञ्जन, कनद महर्षि, रामेश्वर फुयाँल, वेदमणि घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकारहरूले विभिन्न कविता, मुक्तक, गजल वाचन गरेका थिए ।

यस साहित्य सम्मेलनले तारेभिर पर्यटन महोत्सवको प्रचार प्रसारमा महत्वो राख्ने आयोजकको विश्व छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य