नेपाल प्रहरीमा बृहत्  सरुवा हेर्नुहोस् कुन डीआईजी  कहाँ पुगे

Categories:

-

काठमाडौँ,२८ पुष ।देशभरका १७ जना नायब महानिरीक्षक (डीआईजी) को  सरुवा भएपछि नेपाल प्रहरीमा ठूलो फेरबदल भएको छ । बिहीबार नक्सल प्रहरी मुख्यालयले सरुवाको घोषणा गरेको हो ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीमा रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश नम्बर एकमा सरुवा गरिएको छ । यसअघि प्रहरी प्रधान कार्यालय नक्सलको  कार्यविभाग विभागअन्तर्गतको कार्य निर्देशनालयमा कार्यरत बसन्त कुँवरलाई मधेश प्रदेशको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएका छन् भने गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले सम्हालेका छन् । लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय दाङको जिम्मेवारी प्रहरी प्रवक्ता  रहेका टेकप्रसाद राईलाई दिएको छ भने  भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश पठाइएको छ ।

अशोक सिंहलाई सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको जिम्मेवारी दिइएको छ । मधेसका प्रहरी प्रमुख मसाउद आलम खानलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ । यसअघि कर्णाली प्रदेशमा कार्यरत पोषराज पोखरेललाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

यसै गरि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत किरण राणालाई खटाएको छ भने  सुदीप गिरीलाई विशेष ब्यूरोमा राखिएको छ । दुर्गा सिंहलाई भरतपुर स्कुल पठाइएको छ ।

यी सरुवाहरू सम्भवतः नेपालको प्रहरी बलको प्रभावकारितामा सुधार गर्ने व्यापक प्रयासको हिस्सा हुन्। नेतृत्व र कार्यभार परिवर्तनले विद्यमान समस्याहरूलाई सम्बोधन गर्न र प्रहरी विभागको समग्र कार्यसम्पादन सुधार गर्न नयाँ दृष्टिकोण र नयाँ विचार ल्याउने विश्वास गृह मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य