काठमाडौँ,२८ पुष । नेपालले सन् २०२२ मा देशबाट निष्कासन हुने विदेशीको संख्यामा उल्लेख्य बृद्धि भएको देखाएको छ । अध्यागमन विभागका अनुसार २०२२ मा कुल ५५८ विदेशीलाई निष्कासन गरेको छ जुन सन् २०२१ मा निष्कासनको संख्याको झण्डै तेब्बर हो । हालका वर्षहरूमा निष्कासनको संख्या उच्च छ ।
सन् २०२१ मा मात्रै २१८ जनालाई नेपालबाट निष्कासन गरिएको थियो । २०२२ मा निष्कासन गरिएकामध्ये अधिकांश ५ सय २४ जनाले आफ्नो भिसाभन्दा बढी समय नेपालमा बसेर कानुन उल्लङ्घन गरेको पाइएको थियो भने अन्य फौजदारी अपराधमा ३४ जनालाई निष्कासन गरिएको छ ।
पछिल्ला वर्षहरुमा नेपाल आउने विदेशीहरुको संख्यामा भएको बृद्धिका कारण देश निकाला हुनेहरुको संख्यामा पनि बृद्धि भएको मानिन्छ ।
२०२२ मा निष्कासन गरिएकामध्ये कुख्यात अपराधी चार्ल्स शोभराज पनि थिए। उनलाई नेपाल आउन १० वर्ष प्रतिबन्ध लगाइएको छ ।
अध्यागमन विभागले देशमा विदेशीहरूको निगरानी र ट्र्याक गर्न नयाँ उपायहरू लागू गरेको छ। यसमा कडा भिसा नियमहरू र अध्यागमन कानूनको उल्लङ्घन गर्नेहरुलाई बढाइएको जरिवाना समावेश छ। विभागले गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई छानबिन गर्न र कारबाही गर्न विशेष कार्यदलनै गठन गरेको बताइएको छ ।


