काठमाडौँ,२८ पुष ।काठमाडौं महानगरपालिकाले बल्खु र पेप्सीकोलामा वारुण यन्त्र शाखा विस्तार गरी आगलागीको जोखिम न्यूनीकरणका लागि पहल गर्ने भएको छ । नगरमा आगलागी नियन्त्रणमा सुधार गर्ने लक्ष्यका साथ मेयर बालेन्द्र शाहको निर्देशनमा दुई स्थानमा वरुण यन्त्र शाखा विस्तार भइरहेको छ ।
महानगरपालिकाका अनुसार मेयर साहले बल्खु र पेप्सीकोलामा तत्काल वरुणयन्त्रको शाखा विस्तार गर्न निर्देशन दिएका थिए । महानगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन विभागले यही आर्थिक वर्षभित्र यी दुई स्थानमा वरुण यन्त्रको शाखा विस्तार गरिने जनाएको छ । शाखा विस्तारसँगै दमकल खरिद गर्ने योजना रहेको विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।
महानगरले विभिन्न वडामा फायर हाइड्रेन्ट जडान गर्ने काम पनि गरिरहेको छ । हालसम्म २५, १७, १६ र १३ वटा वडामा फायर हाइड्रेण्ट जडान गरी १७ वटा वडामा जडान भइसकेको छ । विभाग प्रमुख श्रेष्ठले बताए ।


