काठमाडौंको शङ्खरापुरमा प्रदर्शनकारीमाथि पेस्तोल ताकेको आरोपमा प्रहरी निरीक्षकमाथि अनुसन्धान

Categories:

-

काठमाडौँ , २५ पुस । शङ्खरापुरमा आन्दोलनरत स्थानीयलाई पेस्तोल ताकेपछि प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीलाई अव्यवसायिक आचरण गरेको भन्दै काठमाडौंको जिल्ला प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । विद्युतीय प्रसारण लाइन निर्माणको विषयमा भएको विरोधमा स्थानीयले अन्यत्र सार्न माग गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले घटनाको अनुसन्धान सुरु भएको पुष्टि गरेका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका संयोजक रञ्जित तामाङको नेतृत्वमा भएको आन्दोलन केही दिनदेखि जारी छ । यसअघि पनि सोही स्थानमा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

हाल १९२ रोपनी क्षेत्रमा माथिल्लो तामाकोशी विद्युत् प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण भइरहेको छ । सर्वेक्षणपछि विरोध भएको हो । प्रहरी वृत्तबाट थप सहयोग गर्न बोलाइएका इन्स्पेक्टर बुढाथोकीले प्रदर्शनका क्रममा आफ्नो पेस्तोल तानेका थिए  ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य