सामाखुसी चोक टोखा रोडको पेट्रोल पम्पमको हातामा भिषण आगलागी

Categories:

-

काठमाडौँ ,२३ पुष ।सामाखुसी चोकको टोखा रोडमा रहेको जोगिनी इन्टरप्राइजेजको पेट्रोल पम्पमको हातामा आगलागी भएको छ । शुक्रवार बेलुकी पम्पसँगै पसल रहेको टहरामा आगो लागेको हो ।

आगलागीको खबर पाएलगत्तै दमकल, सेना, प्रहरी र स्थानीय स्वयंसेवक लगायतका आकस्मिक सेवा घटनास्थलमा पुगेका थिए । आगोलाई नियन्त्रणमा लिन सेना नं १ का सुरेन्द्र थामको नेतृत्वमा ३५ जनाको टोली र सशस्त्र प्रहरी बल नं २४ गुल्म कान्तिपथका नायब निरीक्षक शिवजी श्रेष्ठको नेतृत्वमा ११ जनाको टोलीले काम गरेको थियो । साथै, आगो निभाउनका लागि काठमाडौं महानगरपालिकाबाट दुई दमकल र पाँचवटा पानी ट्याङ्कर पनि परिचालन गरिएको थियो ।

एक घण्टाको अथक प्रयासपछि आगो अन्ततः नियन्त्रणमा आएको थियो । सौभाग्यवश आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । तर, टहरामा राखिएका पसलमध्ये अर्जुन गुरागाईंको खुद्रा पसल, कुमार रेवान राईको रिकेस सिट हुट मेकर्स, बुध्दिमान श्रेष्ठको स्पेशल ममः सेन्टर रघुवीर साहको रघुवीर चाट हाउसमा पूर्ण क्षति भएको बताइएको छ ।

आगलागीको कारण अहिले अनुसन्धान भइरहेको छ । अधिकारीहरूले आगो के कारणले लागेको  हुन सक्छ र कुनै सुरक्षा प्रोटोकल उल्लङ्घन गरिएको थियो कि भनेर निर्धारण गर्न काम गरिरहेका छन्।

सबै फोटोहरु  फोटो पत्रकार प्रविण रानाभाटको फेसबुक पेजबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य