काठमाडौँ ,२२ पुष । अमेरिकी सहयोग परियोजना (एमसीसी) र आफ्नो समुदायमा सबस्टेसन निर्माणको विरोधमा काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ का बासिन्दा विगत ६ दिनदेखि आन्दोलनरत छन् ।
अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित लामाको नेतृत्वमा बोजिनीको १९२ रोपनी जग्गामा माथिल्लो तामाकोशी विद्युत प्रसारण लाइन निर्माण रोक्न माग गर्दै ब्यानर बोकेर एक दर्जन आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मीले अहिले सबस्टेसनदेखि पश्चिमतर्फको सडकको सर्भेको काम अघि बढाएको जानकारी दिए
प्रतिक्रिया दिनुहोस्


