बुढानीलकण्ठ नगरपालिकाले वडा कार्यालयको अनुगमनलाई तीव्रता दियो

Categories:

-

काठमाडौँ ,२२ पुष । बूढानीलकण्ठ नगरपालिकाले नगरपालिकाभित्रको सुशासन र सञ्चालनलाई प्रभावकारी बनाउनका लागि हालै वडा कार्यालयको अनुगमनलाई तीव्रता दिएको छ । संयोजक शम्भुप्रसाद भट्टराईको संयोजकत्वमा रहेको सुशासन तथा क्षमता विकास समितिले कर्मचारीलाई समयनिष्ठ र सेवा प्रवाहमा केन्द्रित गराउन  हालसम्म १२ वटा वडाको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कर्मचारीको कार्यतालिका बारे जानकारी लिन भट्टराई र समितिका सदस्यहरू प्रशासन शाखा प्रमुख केदारकुमार खड्का, राजकुमार थापा र समिति सदस्य झपटबहादुर कार्कीले बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० पुगेका थिए ।समितिले कर्मचारीहरूमा समयको पालना एक महत्वपूर्ण समस्या भएको र भविष्यमा यो समस्यालाई सम्बोधन गर्न थप कडाइ गर्ने योजना बनाएको बताए ।

वडा कार्यालय जनताको सम्पर्कको पहिलो बिन्दु भएकाले दक्ष र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरू समयनिष्ठ हुनु जरुरी भएको भन्दै  संयोजक भट्टराईले नगरपालिकाभित्रको सुशासन र विकासका काममा कुनै सम्झौता नहुनेमा जोड दिए ।

समितिले वडा कार्यालयको अनुगमनका साथै १३ वटै वडाको अनुगमन सम्पन्न गरी अन्य सम्बन्धित कार्यालयमा समेत पहल गर्ने योजना बनाएको छ ।

अनुगमन अभियानका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न नगरपालिकाका मेयरले कस्तो भूमिका खेल्लने छन्  स्पष्ट भएको छैन ।

बूढानीलकण्ठ नगरपालिकाले वडा कार्यालयको अनुगमनलाई तीव्रता दिनु नगरपालिकाभित्रको सुशासन र सञ्चालन सुधारको दिशामा सकारात्मक कदम  रहेको स्थानीयवासीले  बताए  ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य