नगरपालिकाका बासिन्दालाई रगतमा सहज पहुँच पुर्‍याउन मेयर घनश्याम गिरीले गरे सम्झौता

Categories:

-

काठमाडौँ ,२२ पुष । बिहीबार काठमाडौंको चन्द्रागिरि नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँग १२ बुधे  सम्झौता गरेको छ ।

 मेयर घनश्याम गिरीले यो सम्झौताले विपद्को समयमा नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सहज हुने बताए ।

नगरपालिकाभित्रका कुनै पनि  संस्था र निकायले रक्तदान कार्यक्रम गर्दा प्रत्येक रक्तदाताले २०० रुपैयाँ पाउने व्यवस्था पनि  सुरुवात गरेको गिरीले बताए।

 चन्द्रागिरिका नागरिकहरूका लागि यो स्वागतयोग्य विकास हो ।नेपाल रेडक्रससँगको साझेदारीले नगरका बासिन्दाहरूलाई आवश्यक पर्दा रगतको भरपर्दो स्रोतमा पहुँच सुनिश्चित गर्नेछ।

रक्तदान गरेर, व्यक्तिहरूले सम्भावित रूपमा जीवन बचाउने र अरूको जीवनमा फरक पार्ने मौका पाउँछन्। नगरपालिकाले प्रदान गरेको आर्थिक प्रोत्साहनले धेरै मानिसहरूलाई कार्यक्रममा सहभागी हुन प्रोत्साहित गर्ने अपेक्षा नगरले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य