काठमाडौँ , १९ पुष । नेपालको निर्वाचन क्षेत्र पश्चिम नवलपरासीका एसपी देवेन्द्र कँडेललाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार कँडेलले सीमामा अवैध ओसारपसार गरेको आशंका लागेपछि छानबिनको निम्ति काठमाडौं झिकाइएको हो ।
पश्चिम नवलपरासीका एसपी कँडेलले छुटाएको अवैध सामान काठमाडौंलगायत पूर्वी भेगमा लैजाने क्रममा पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले समात्न थालेपछि कडेल माथि अनुसन्धन सुरुभएको हो ।
‘पटक पटक पश्चिम नवलपरासीले अनुमति दिएको सामान पूर्वी नवलपरासीले अवैध ठहर्याएपछि हेडक्वार्टरले कँडेलमाथि छानबिन अगाडि बढाउन बाध्य भएको हो,’ छानबिनमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस्


