काठमाडौंमा एमसीसी विद्युत प्रसारण लाइन निर्माणको विरोधमा स्थानीय

Categories:

-

काठमाडौँ  , १७ पुष । नेपाल विद्युत प्राधिकरणले सर्भेका लागि कर्मचारी पठाएपछि काठमाडौं शंखरापुर–३ का बासिन्दाले एमसीसी आयोजनाअन्तर्गतको विद्युत् प्रसारण लाइन (सबस्टेसन) अन्यत्र सार्न माग गर्दै आन्दोलन गरेका हुन् ।

वडाध्यक्षसहित स्थानीयले ‘एमसीसी आवश्यक छैन’, ‘स्थानीय जग्गा अतिक्रमण गर्न पाइँदैन’ जस्ता नारा लगाएर तत्कालै सबस्टेसन हटाउन  माग गरेका थिए ।

सो क्रममा उनीहरुले ‘एमसीसी चाहिंदैन’, ‘स्थानीयको जग्गा अतिक्रमण गर्न पाइँदैन’, ‘प्रहरी दमन मूर्दावाद’,  ‘प्रहरी फिर्ता गर’, ‘मानव अधिकार हनन गर्न पाइँदैन’, ‘राज्य आतंक बन्द गर’, ‘सबस्टेशन तुरुन्त स्थानान्तरण गर’ जस्ता नारा लगाएका थिए ।

त्यसपछि आयोजना प्रमुख जुजुरत्न शाक्यसहितको टोली त्यहाँ पुगेको थियो । तर, वडाध्यक्ष सूर्यबहादुर तामाङ सहितका आन्दोलनकारीले शाक्यलाई पत्र दिई त्यहाँबाट तुरुन्त हट्न निर्देशन दिएका थिए । सो क्रममा आन्दोलनकारीले आफ्नो लालपुर्जा फिर्ता माग्दै क्षतिपूर्ति रकम फिर्ता लैजान भनेका थिए ।

आन्दोलनकारी चर्कोरुपमा प्रस्तुत हुन थालेपछि सशस्त्र र नेपाल प्रहरी परिचालन गरी उनीहरुलाई घेरा हालेर सर्भे गराइएको छ । झडपका क्रममा दुई स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यलाई घटनास्थलबाट हटाइएको थियो  । एमसीसीले आफ्नो लगानीमा तामाकोशी विद्युत प्रसारण लाइनको १९२ रोपनी क्षेत्रमा सबस्टेसन निर्माण त्यहा  गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य