अमानवीय व्यवहार गरेको भन्दै कर्मचारीले मन्त्रालयको जागिर छोडे

Categories:

-

काठमाडौँ  , १७ पुष ।वाग्मती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आठौं तहका प्रशिक्षण अधिकृत गणेश राउतले राजीनामा दिएका छन् । मन्त्रालयका प्रदेश सचिव विश्ववाबु पुडासैनीको अमानवीय व्यवहारका कारण पदबाट उनले राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा राउतले आफूलाई पुडासैनी र अन्य कनिष्ठ कर्मचारीले मानसिक तथा शारीरिक यातना दिएको दाबी गरेका छन् । पुडासैनीले प्राविधिक विभागको प्रमुखको जिम्मेवारी कनिष्ठ कर्मचारीलाई दिएर राउतको कुर्सी लिएपछि तीन वर्षसम्म कुर्सीविना काम गर्न लगाइएको राउतले बताए ।

०७९ साल भेदौं २० को मन्त्रालयको निर्णय अनुसार,चितवन घरेलु कार्यालयमा सरुवा भएकोमा आफूभन्दा जुनियर कर्मचारीलाई कार्यालय प्रमुख बनाएर उनको अण्डरमा काम गर्न लगाइएको तीन महिनासम्म मानसिक तथा यातना दिइएको उनले सचिवसमक्ष बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

मंसिर २८ मा काज सरुवा गरी निर्देशनालयमा खटाइएकोमा करारका ड्राइभरले आफ्नो क्वार्टर र भान्छामा ताल्चा ठोकेर हिँडेको र काम गर्ने वातावरण नै नभएको उनले गुनासो पोखेका छन् ।

आफूमाथी भएको अन्यायको बारेमा सचिवसँग भेट गर्न खोज्दा इन्कार गरेको कारण आफ्नो क्यारियर बचाउन पुस ५ गतेदेखि लागू हुने गरी उनले सचिव पुडासैनीलाई सम्बोधन गर्दै राजीनामा बुझाएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

राउतको राजीनामा र आरोपप्रति मन्त्रालयले कस्तो प्रतिक्रिया दिने छ भन्ने अहिले नै स्पष्ट छैन । यद्यपि, राउतको राजीनामाको निर्णयले कार्यस्थलमा हुने दुर्व्यवहार र दुर्व्यवहारलाई सम्बोधन गर्ने र रोक्नु पर्ने  महत्त्वलाई उजागर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य