चुनावमा खुकुरी हानि भागेका नेपाल तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष पक्राउ

Categories:

-

काठमाडौँ , १७ पुष । चुनावमा खुकुरी हानि भागेका नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नं. २  का उपाध्यक्ष फुर्पा लामा तामाङलाई  बौद्ध प्रहरीले पक्राउ गरेको छ।

स्थानीय चुनावताका एमाले कार्यकर्ता फेन्जो तामाङलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरि रहेको थियो ।

तामाङ हाल जिल्ला प्रहरी कार्यालय चौतारामा थुनामा छन् । र आजै  थप सुनुवाइका लागि प्रहरीले  अदालतमा हाजिर गराउने अपेक्षा गरिएको छ ।

घटनामा संलग्न सात मध्ये ६ जना धरौटीमा रिहा भएका छन् तर तामाङ भने फरार सूचीमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य