काठमाडौँ , १५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहित प्रमुख शक्ति साझेदार दलहरुको बैठक बिहीबार बालुवाटारमा बसेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेका अनुसार बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो । तर, साँझपछि सत्तारुढ एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बैठकको नतिजाको अर्कै विवरण दिएका छन् ।
समितिको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चयन गरिएको पोखरेलले जानकारी दिए । विवादित सूचनाले जनतामा भ्रम पैदा गरेको छ र मिडियाको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।
यसले सरकारका गतिविधिबारे जनतमामाझ स्पष्ट जानकारी नपुग्ने त भइ नै हाल्यो, सञ्चारमाध्यमप्रति पनि नागरिकको विश्वास टुट्ने देखिन्छ।


